सुनसरीमा बसको ठक्करबाट २ जनाको मृत्यू

विराटनगर । सुनसरीमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा प्रदेश १–०२–००१ ख ८१९६ नम्वरको बसले को. २७ प २१९ नम्वरको मोटरसाईकलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

मृत्यू हुनेमा संखुवासभाको खाँदवारी नगरपालिका–७ का २६ बर्षीय सन्तोष राई र २० बर्षीय अभि राई रहेका छन । ठक्कर दिने बस र चालक इटहरी–४ का टिकाराम चौधरीलाई नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस