कक्षा ११ को आंशिकतर्फको नतिजा प्रकाशित, ७९.०६ प्रतिशत उत्तीर्ण

जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ । कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिकतर्फ असोज ११ देखि १८ गतेसम्म भएको परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले बिहीबार प्रकाशन गरेको हो ।

उक्त परीक्षामा ग्रेडवृद्धितर्फ २१ हजार ८ सय १६ र आंशिकतर्फ २ हजार ९ सय ८ जना गरी कुल २४ हजार ७ सय २४ जना परीक्षार्थीहरु सम्मिलित थिए । तीमध्ये २ हजार २९९ जना परीक्षार्थी उत्तीर्ण भएको बोर्डले प्रकाशन गरेको विज्ञप्तीमा उल्लेख छन् । बोर्डका अनुसार ७९.०६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस