कोरोनाले माओवादीको केन्द्रीय कार्यालय बन्द

काठमाडौं, २३ पुस । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ । कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बसेका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बिहीबारबाटै प्रचण्डले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेको बताए ।राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयता भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई पनि स्थगित गरिएको सचिवालयले जनाएको छ ।

पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामार्फत व्यवस्थित गर्न कोसिस भइरहेको जानकारी दिँदै स्वकीय सचिव मल्लले भने– ‘कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्नेछौं ।’ केन्द्रीय कार्यालयका कतिपय नेतालाई समेत कोभिड संक्रमण पुष्टि भएकाले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरिएको सचिवालयले बताएको नेपाल समाचारपत्रमा समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780