प्रचण्ड र नारायणकाजी कोरोना संक्रमित

जनकपुरधाम, २४ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ । शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको छ ।

सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उनको अवस्था सामान्य रहेको छ । उनी चिकित्सकको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।

त्यसैगरी अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण देखिएको छ । शुक्रबार पिसिआर परीक्षण गर्दा आफूलाई कोभिड संक्रमण पुष्टि भएको र हाल होमआइसोलेसनमा रहेको नेता श्रेष्ठले सामाजिक सञ्चालमार्फत बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस