भारतको मिरगञ्जमा रहेको पुल भासिंदा विराटनगर भन्सारको साडे १४ करोड राजस्व प्रभावित

पुस २४, विराटनगर । नेपाल भारत सीमानाकाबाट चार किलोमिटर दक्षिण पश्चिममा रहेको मिरगञ्ज पुल बिहीवार भासिएपछि त्यसबाट आवतजावत ठप्प हुँदा विराटनगर भन्सारको दैनिक राजस्व संकलन प्रभावित भएको छ ।

विराटनगर भन्सारको दैनिक १४ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । २०७४ सालको साउन महीनामा पहिलोपटक पुल भासिंदा ११६ किलोमिटर पश्चिम सुनसरीको भन्टावारीबाट मालवाहक सावारी आवात जावत गर्नु परेको थियो ।

मिरगञ्जको पुल सो बेलामा तीन महीनापछि मर्मत भएर सञ्चालनमा आएको थियो । बेलीब्रिज भासिएपछि भारत सरकारले भासिएको पुलभन्दा एक किलोमिटर उत्तरतर्फ नयाँ पक्की पुल निर्माण गरेको छ । तर उक्त पुलको निर्माण सम्पन्न भएर हस्तान्तरण हुन अरु दुई महीना समय सिमा रहेको छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार २४ घण्टादेखि उक्त पुलबाट आउजाउ बन्द रहेपनि भन्सार भित्रिएका मालबस्तुको राजस्व भने संकलन भइरहेको छ । नेपाल सरकारले नयाँ नाकाको लागि अनुमति नदिएसम्म आफुखुसी मालवस्तु अन्य नाकाबाट ल्याउन नमिल्ने पनि उनले बताए ।

भाण्टावारी नाकाबाट मालवस्तु आयात र निर्यात गर्दा ११६ किलोमिटरको दुरी तय गर्नु पर्ने भएकाले १२ किलोमिटरको छोटो दुरी पत्ता लगाएर सिफारिस गरिएको र उक्त रुटका लागि भारतीय अधिकारीले स्वीकृती दिएमा १२ किलोमिटर घुमेर विराटनगर आईसीपीमै मालवाहक आउन सक्ने उनले जानकारी दिए । अार्थिक अभियान दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस