नेपाली रेल : डेढ वर्षपछि पुनः ट्रयाक परीक्षण

जनकपुरधाम । जनकपुर–जयनगर रेलमार्ग सञ्चालनका लागि पुनः परीक्षण गरिएको छ । शनिबार जयनगरबाट कुर्थासम्म रेलमार्गमा रेल चलाएर परीक्षण गरिएको हो ।

साइट इन्जिनियर विनोद ओझाले पाँच महिनापछि आज रेलको इन्जिन स्टार्ट भएको बताए । ‘‘अहिले भारतीय पक्षले पनि रेल छिटो चलाउन चासो लिएपछि आज पुनः रेलको इन्जिन र रेलवे ट्रयाक परीक्षण गरिएको छ,’’ उनले भने ।

गत वर्ष असोजमा पनि रेल र ट्रयाकको परीक्षण गरिएको थियो ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले सञ्चालकै तयारीस्वरूप ‘ट्रायल’ गरिएको बताए । तर, रेल कहिलेदेखि सञ्चालन हुने भन्ने यकिन समय उनले बताएनन् ।

‘राजनीतिक व्यक्तिले रेल सञ्चालनको मिति तय गर्नेछन् । तिथिमितिको विषयमा मैले बोल्न मिल्दैनन्,’’ उनले भने, ‘‘दुवै देशको प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी भइरहेको छ ।’’

Author:



क्याटोगरी छान्‍नुहोस