मुलुकभर ९४४ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । नेपालमा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २६४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ९४४ जनाको नतिजा पोजिटिभ आएको हो । नौ हजार ७६२ नमुनाको पीसीआर परीक्षण गर्दा ६९६ र तीन हजार ५०२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २४८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०२ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २९७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख १४ हजार ६ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार १४० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Author:

क्याटोगरी छान्‍नुहोस