लेन अभावमा स्थानान्तरण भएन डस्टी कार्गो र यात्रु शाखा

वीरगञ्ज । वीरगञ्जमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको ४ वर्ष बित्न लागिसक्यो । वीरगञ्ज नाकामार्फत हुने सम्पूर्ण वैदेशिक व्यापार यो एकीकृत संरचनाको मातहतमा ल्याउने योजना भने अझै पूर्ण भएको छैन ।

आईसीपीमा ओपेन डस्टी (बढी धूलो हुने) कार्गो र यात्रु भित्र्याउने बेग्लै लेनको व्यवस्था हुन नसक्दा वीरगञ्जको साविक इनर्वा भन्सारलाई यहाँ सार्न नसकिएको हो । वीरगञ्ज भन्सारबाट भित्रिने मालसमान अहिले पनि आईसीपी र इनर्वा नाकाबाट दुवैतिर आउने गरेको छ ।

आईसीपीमा डस्टी कार्गो र यात्रु आवागमनका लागि बेग्लै लेनको व्यवस्था हुन नसक्दा इनर्वा भन्सारलाई आईसीपीमा गाभ्न नसकिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । अार्थिक अभियान दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस