जनमत पार्टीको थप संघर्ष : र्‍यालीदेखि भैँसी जुलुससम्म

जनकपुरधाम । किसानसँग सरोकारका विषय उठाएर आन्दोलनमा होमिएको जनमत पार्टीले थप दबाब कार्यक्रम घोषणा गरेको छ ।

अध्यक्ष डा. सीके राउतको सचिवालयले सामाजिक सञ्जालमा पुस ३० मा जिल्ला सदरमुकाममा र्‍यालीको आयोजना गर्ने घोषणा गरेको हो । सरकारसँग राखेको ११ बुँदे मागको प्रचार र दबाबस्वरूप र्‍याली गर्ने राउनले जनाएका छन् ।

उच्चस्तरीय समिति गठनका दबाब दिन भैँसी जुलुसको पनि कार्यक्रम राखिएको छ ।

गहुँको बीउ लुटेको आरोपमा सिरहाको औरही गाउँपालिकाले दर्ता गराएको मुद्दा आधारमा प्रहरीले एक किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले पुस ९ गतेबाट आन्दोलनको घोषणा गरेको थियो । कार्यकर्तामाथि दमन गरेको भन्दै उक्त पार्टीले आन्दोलनलाई निरन्तरता दिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस