प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा अंसारी

जनकपुरधाम, २८ पुस । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सतार अंसारी (सर्लाही) लाई नियुक्त गरिएको छ । प्रदेश २ सरकारले मन्त्रीपरिषद्को निर्णयबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

मुख्यमन्त्री सञ्चार सचिवालयका अनुसार कार्यकारी पदकालागि ३ जनाको नाम सिफारिस भएको थियो । रोहित कुमार यादव (सप्तरी), सतार अंसारी र गौरीशंकर साह (रौतहट)को नाम सिफारिस भएकोमा बढी अनुभवी रहेको आधारमा अंसारलाई नियुक्त गरिएको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयको मातहतमा राखेर मुजेलियामा स्थापना भएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले यहाँका जनप्रतिनिधिदेखि कर्मचारीहरुलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अविवृद्धि लगायतको कार्य गर्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस