सप्तरीमा ५६ हजारभन्दा बढी मतदाता थपिए

कमलकुमार मण्डल
राजविराज, २९ पुस । सप्तरीमा अहिलेसम्म ५६ हजार ५३ जना मतदाता थपिएका छन् । जिल्लाका स्थानिय तहमा गरिएको ‘फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम’मा २६ हजार ४२९ मतदाताले नाम दर्ता गराएका छन् भने गत साउनदेखि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालयहरुबाट २९ हजार ५९६ जनाको नामावली संकलन भएको हो ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीका सूचना अधिकारी कृष्णनन्दन रायका अनुसार विशेष कार्यक्रम सम्पन्न भएतापनि निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरुमा समेत नाम दर्ता गराउनेहरुको संख्यामा कमी आएका छैन् । ‘चुनाव घोषणा नभएसम्म मतदाता नामावली संकलन कार्य जारी रहनेछ’ उनले मधेशलाइभसँग भने–‘हालसम्म सप्तरीमा ४ लाख १७ हजार जति मतदाता पुगेका छन् ।’

उनले नाम दर्ता गराएर मतदाता परिचयपत्र हराएका व्यक्तिहरुलाई पुनः नाम दर्ता नगराउन आग्रह गर्दै नेपाल सरकारबाट जारी भएको फोटोसहितको कुनै पनि परिचय पत्रबाट मतदान गर्न सकिने बताए ।

त्यसैगरी हाल ३ हजार जनाले दोहर्याएर मतदाता नामावलीमा नाम दर्ता गराएको उनको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस