नोबेलका सञ्चालक शर्माको पुतला दहन

विराटनगर । आन्दोलनरत नोबेल मेडिकल कलेजका विद्यार्थीले कलेजका सञ्चालक सुनील शर्माको पुतला दहन गरेका छन् ।

एमबीबीएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै निरन्तर आन्दोलन गरिरहेका विद्यार्थीले बिहीबार नोबेल परिसरमै शर्माको पुतला दहन गरेका हुन् ।

विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएएकोले आन्दोलनलाई निरन्तरता दिनुपरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस