प्रदेश २ सरकारद्वारा आवास योजना र नियमावली स्वीकृत

राजविराज, ३० पुस । प्रदेश २ सरकारले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि र दलित सशक्तिकरण नियमावली स्वीकृत गरेको छ ।

मुख्ममन्त्री लालबाबु राउतको अध्यक्षतामा आज बसेको मन्त्री परिषद्को बैठकले सो आवास योजना, कार्यान्वयन कार्यविधि र दलित सशक्तिकरण नियामावली स्वीकृत गरेको हो ।

आवास योजना २०६८ स्वीकृत भएसँगै प्रदेशभरमा ६ सय १० विपन्न परिवारले आवास पाउने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार सो कार्यक्रम अन्तर्गत आठ वटै जिल्लाको प्रत्येक विधान क्षेत्रमा १०–१० परिवारको घर निर्माण गरिनेछ ।

असहाय र विपन्न एकल महिला, कुनै पनि जात वर्गका आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सिमान्तकृत जाती, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकतामा राखेर आवासको व्यवस्था गरिने उनले बताए ।

आवास अन्तर्गत कुल पाँच लाख रुपैयाँमा प्लाष्टरसहितको छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय निर्माण गरिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस