स्थानीय तहको निर्वाचन माघको पहिलो साताभित्र घोषणा हुनुपर्छः निर्वाचन आयोग

जनकपुरधाम, ३० पुस । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति माघको पहिलो साताभित्र घोषणा हुनुपर्ने बताएको छ । शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका छन् ।

निर्वाचन कानून अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै आयुक्त थपलियाले माघ पहिलो साताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताए । त्यस्तै आयोगले निर्वाचन कानून अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनेर दलहरुलाई जानकारी गराएको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस