प्रदेश २ को नाम र स्थायी राजधानी टुंगो लगाउन प्रदेशसभामा आज मतदान हुँदै

जनकपुरधाम, ३ माघ । प्रदेश २ को प्रदेशसभामा आज प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन मतदान हुने भएको छ । विभिन्न दलहरुले प्रदेशसभामा पेश गरेका नाम र स्थायी राजधानी सम्बन्धी प्रस्तावमा मतदान गराउने आजको कार्यसूचि छ ।

यसअघि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निर्णय गरिएको थियो । प्रदेशको नाम ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’  राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा विचाराधीन छन् ।

त्यस्तै, स्थायी राजधानीमा जनकपुरधाम र वीरगञ्ज प्रस्ताव गरिएको छ । संविधान अनुसार यी दुवै प्रस्ताव दुई तिहाई बहुमतले पारित हुनुपर्दछ । तर, प्रदेशसभामा कुनै पनि दल वा गठबन्धनको दुई तिहाई बहुमत नरहेकाले दुवै प्रस्ताव असफल हुनसक्ने सम्भावना देखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस