समयमै निर्वाचन गराउन गाउँपालिका, नगरपालिका र जिसस महासंघको माग

जनकपुरधाम, ३ माघ । जनप्रतिनिधिहरुको तीन वटा संस्थाले स्थानीय तहको निर्वाचनको वातावरण सृजना गर्न निर्वाचन आयोग र सबै राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले आज (सोमवार) संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन प्रक्रिया सुरू गर्नुपर्ने उल्लेख गरेका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ र जिसस महासंघ अध्यक्ष नवराज गेलालद्वारा निकालिएको विज्ञप्तिमा तोकिएको समयमा नै आवधिक निर्वाचन गरिनुपर्ने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आवधिक निर्वाचन लोकतन्त्रको मरुदण्ड हो । आवधिक रुपमा निर्वाचन गर्न नसक्दा विगतमा १५ वर्ष स्थानीय निकाय जनप्रतिनिधि विहिन भएसँगै स्थानीय लोकतन्त्रको संस्थागत विकासमा २०५९– २०७४ अत्यन्त प्रतिकुल रहेको यर्थातताको समेत यहाँ पुनःस्मरण गराउन चाहन्छौं । स्थानीय सरकारका हामी सबै जनप्रतिनिधिहरु समयमा नै आवधिक निर्वाचन सम्पन्न होस् र एक दिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहिन नहोस् भन्ने चाहन्छौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस