बहुमतले पारित भयो प्रदेश २ को राजधानी ‘जनकपुरधाम’

जनकपुरधाम, ३ माघ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । प्रदेशसभामा आज (सोमबार) भएको मतदानमा दुई तिहाइभन्दा बढी मत स्थायी राजधानी जनकपुर बनाउनुपर्ने पक्षमा खसेको हो ।

सभामुख सरोजकुमार यादवका अनुसार प्रदेशसभा भएका १०४ कुल सदस्यमध्ये ९९ जना मतदानमा सहभागी थिए । जसमध्ये जनकपुरधाम राजधानीको पक्षमा ७८ मत खसेको उनले बताए ।

उत्तरमा धनुषा ढल्केवरको पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भूभाग प्रदेश २ को राजधानी कायम भएको सभामुखले जानकारी गराए ।

जनकपुरधाम राजधानी भएता पनि नाममा भने दलहरुबीच सहमति हुन सकेको छैन । छलफलका लागि भन्दै सभामुख यादवले १ घण्टा बैठक स्थगित गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस