४८ लाख पुग्यो डिम्याट खाता खोल्नेको सङ्ख्या

जनकपुरधाम । नेपालमा डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख पुग्न लागेको छ । सीडीएसी क्लियरिङ हाउसका अनुसार आजसम्म ४८ लाख ५ हजार ८२० जनाले डिम्याट खाता खोलेका छन् ।

यस्तै, अहिलेसम्म ३९ लाख १७ हजार ४४० जनाले मेरो सेयर खाता खोलिसकेका छन् । खासगरी, वि.स. २०७६ साल अन्तिमदेखि नेपालमा पनि कोरोना महामारी फैलँदा सेयर बजार प्रति सर्वसाधारणको चासो बढेको छ ।

सेयर बजारले यही अवधिमा अहिलेसम्मकै उच्च बिन्दु ३१ सय ९८ अङ्कको नयाँ कीर्तिमान बनाएको थियो । यस्तै, दैनिक २१ अर्ब रुपैयाँ बराबरसम्मको कारोबार भएको थियो । यही कारण पछिल्लो समय सेयर बजारप्रति सर्वसाधारणको चासो बढ्दो अवस्थामा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस