जनकपुरधाम, ९ माघ । बारामा प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार नवाधा थाना अक्बरपुर का ३८ वर्षीय शिवशंकर बब्लु रहेको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–१ सिमरा विमानस्थलबाट शिवशंकरलाई २ लाख भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार डिपार्चर रुममा यात्रुहरुलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई २ हजारका दरले १ सय थान गरी जम्मा २ लाख भारतीय रुपैयाँ नगद सहित पक्राउ गरेको हो । बरामद नगद सहित आवश्यक कारबाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।