राजनीतिमा ‘स्पेस’कोलागि मधेशमा आतंक फैलाउने डाक्टरको योजना !

ई. कौशल गोपालवंशी

मधेश विदेशीको प्रयोगशाला बन्दै गएको देखिन्छ । मधेशमा विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर रिसर्चरहरुले रिसर्चको काम गर्दै गरेको देखिन्छ । हुन त मधेशमा रहेको धेरै तथ्य बाहिर नआएकोले यहाँ ग्रामिण स्तरको रिसर्चको एकदम आवश्यकता छ । यसै सिलसिलामा बाहिरबाट आफुलाई वैज्ञानिकको उपाधी लिएर आएका एक जना व्यक्तिको रिसर्चका कारण कतिपय युवाको मानसिकता परिवर्तन भएको देखिएको छ ।

यी रिसर्चरको रिसर्च क्षेत्र युवा पिढी रहेको देखिन्छ । यसले युवा पिढिलाई भौतिकभन्दा काल्पनिक संसारको सपना देखाएर उनीहरुको मनोविज्ञानसँग खेलवाड गर्दै गरेको देखिन्छ । शुरुवातमा यी रिसर्चरले सबैलाई काल्पनिक देशको नागरिक नै बनाईदिने ठूलो सपना देखाए । यिनले वर्तमानभन्दा छुट्टै नयाँ संसारको सपना देखाउने कार्यको शुरूवात मधेशी युवाहरू जो प्राविधिक शिक्षाका लागि बाहिर गएका विद्यार्थी वर्गलाई निशाना बनायो ।

हुन त विद्यार्थी अर्थात किसोर (Teenager) लाई वास्तविकभन्दा यस्तै काल्पनिक सपना देखाउने मान्छे मन पर्छ । शायद यहि भएर होला यिनको रिसर्चमा तिनै युवा शामिल भए । तर समय बित्दै जाँदा ती युवाहरू काल्पनिक कुरालाई वास्तविक्तामा हेर्न खोज्न थाल्यो, तर वास्तविक त काल्पनिक भन्दा धेरै फरक भएकोले ती युवाहरुले साथ छोड्दै गरेको देख्दा यिनले फेरि रिसर्चरको तरिका बदलियो र काल्पनिक संसारलाई छोडेर वास्तविक्ताको संसार आएको देख्दा झन सबै सार्थकहरुले हामीलाई भ्रममा राखेको भनेर यिनलाई छोड्न थाल्यो र अन्त्यमा करिब १०/१२ प्रतिशत मात्र पुराना सार्थकहरु बाँकी रहयो । यहाँसम्म रिसर्चरको रिसर्च उनका सार्थक र भर्खरका युवामा मात्र सिमित थियो ।

तर जब यिनले आफ्ना रिसर्च आमजनतातिर बढायो तब यिनको आतंक देखिन थालियो । यिनका अनुयायीहरुले सामाजिक सञ्जालमा प्रयोग गरेको शब्दहरुले नै आतंकको शुरूवात गरेको छ । आफू मात्र जान्ने अनि बाँकी सबैलाई मुर्ख जस्तै गरिएको व्यवहारले नै यिनी र यिनका समर्थकलाई कति चोटी आतंककारीको रुपमा गिरफ्तार पनि गरियो ।

घट्दै गरेको समर्थक देखेर यिनले जसरी पनि आफुलाई बलियो सावित गर्न हदैसम्मको निचहर्कत गरेको देखिन्छ । यिनले आफ्नो आतंक जसरी पनि फैलाउन खोजेको देखिन्छ । यिनले आतंक फैलाएर नै जनमत बटुल्न खोज्दै गरेको पनि देखिन्छ । कहिले कुनै कमजोर कर्मचारीलाई निशाना बनाउँछ भन्ने कहिले किसानको घरमा भएको भैंसी, गोरु, बाख्रा खोलेर सडकमा आतंक फैलाएको देखिन्छ ।

यिनले फैलाउने आतंकमा प्राय रोबर्टको प्रयोग गरेको देखिन्छ । यिनका रोबर्ट र अबुझ जनावर बिचको तालमेल पनि मिलेकै देखिन्छ, जसले सडकमा जनावर र रोबर्टको आतंकले आमजनता त्रसित नै छन् । यसरी रोबर्टले सधैँ जनतालाई त्रसित बनाउने काम गर्दै गरेको देखिन्छ । जसरी युद्ध हुँदा गोली खानलाई रोबर्ट अगाडि राखेर सेनाहरु पछाडि बसेर सुरक्षित हुन्छन्, त्यसरी नै यी रिसर्चरले ठाउँ–ठाउँमा रोबर्टलाई राखेर आतंक फैलाउँदै छ ताँकी कुनै घटना भएतापनि क्षति चाहि रोबर्टलाई हुने अनि आफू सुरक्षित हुने व्यवस्था मिलाएको छ ।

यसरी आफू पूर्ण सुरक्षित भएर आफ्नो रिसर्चलाई अगाडि बढाउँदै गरेको रिसर्चरको खास रिसर्चको बिषय के हो भन्ने कुरा कसैलाई थाहा छैन् । रिसर्चरले गुमराहको रिसर्च गर्दै गर्दा आमजनताको रिसर्चरप्रति आक्रोश बढ्दै गरेको देखिन्छ । रिसर्चरले ठाउँ ठाउँमा आफ्नो रोबर्ट र रिसर्च ल्याब बिस्तार गर्दै गरेको देखिन्छ तर यिनका रिसर्चको उदेश्य के हो भन्ने कहि पनि प्रष्ट पार्न सकेका छैनन् ।

विगतमा दक्षिण एसियाली राष्ट्रहरुमाथि गरिएका रिसर्चरहरुले गरेको प्रयोग चाहिँ डरलाग्दो छ । जस्तो कि चिनले नेपालमा अमेरिकाको प्रभावबाट काम गर्नलाई माओवादीको जन्म दियो, जसले राजालाई हटायो किन की तत्कालीन राजा अमेरिकालाई सैन्य गतिविधि गर्न दिनका लागि सहमत गरेका थिए । अमेरिकाको प्रभावबाट बाँच्न पछि भारतले पनि माओवादीलाई सहयोग गरेकै हो ।

त्यस्तै अफगानिस्तानमा रहेका रुसी शासकलाई हटाउनका लागि पूर्ण तालिम दिएर बैज्ञानिक ओसामा बिन्लादेनलाई अमेरिकाले त्यहाँको युवामा देश भक्ति जगाउनको लागि पठाईयो । बिन्लादिनमा यति सामर्थ्य थियो कि उनले कुनै पनि युवालाई आफ्नो आकर्षित बोली र तथ्यांकले सजिलोसँग आफुतिर आकर्षित गराउन सक्थ्यो, जसले गर्दा लादेन अमेरिका अनुसारको प्रयाप्त युवा शक्ति जम्मा गरी देश भक्तिको नाराले रुसीलाई भगाएको थियो ।

त्यसैगरि श्रीलंकामा सैन्य क्याम्प खाडा गर्दै गरेको अमेरिकलाई हटाउनको भारतले LTTE को प्रयोग गरेका थिए । तर यी सबै देशहरुमा एउटा साँझा के थियो भने यी देशहरुमा छुट्टै देश बनाउन मुद्दा उठाइएको थियो । यसरी बिगतको ईतिहास हेर्दा यस्ता रिसर्चर बैज्ञानिकहरुले कुनै न कुनै शक्तिशाली राष्ट्रको लागि त्यँहाका जनतामा देशभक्तिको भुत जगाएर शक्तिशाली राष्ट्रहरुलाई सैन्य गतिविधि गराउन सहयोग गरेको देखिन्छ ।

यसरी नेपालमा चीनको माओवादी मिशन सफल भएपछि चीन विरोधी क्षेत्रमा कुनै अर्को शक्तिशाली राष्ट्रले यस्तै किसिमको बैज्ञानिक रिसर्च गरि आफ्नो स्वार्थ पूरा गर्नसक्ने सम्भावना धेरै भएकोले आगामी दिनमा चीन प्रति विरोधात्मक भावना भएको मधेशलाई युद्धभुमि बनाउने सक्ने सम्भावना धेरै भएकोले सबैलाई सचेत हुन जरुरी छ । यदि माथि भने जस्तै कुनै शक्ति मधेसमा छ भनेको उनको प्रथम निशानामा चीनप्रति सकारात्मक रहेको राजनीति शक्ति नै हुनेछ, र उनले मधेशमा दुबै भारत र चीनलाई बिरोध गर्ने नयाँ शाक्तीको निर्माण गर्ने निश्चित नै छ ।

यसरी मधेशमा शक्तिशाली राष्ट्रको निहित स्वार्थको योजनाबद्ध ढंगले आतंक फैलाउने गुरुयोजना नै हो कि भन्ने पनि आमजनतालाई लाग्न थालेको छ । यसरी रिसर्चरको ज्ञान दिन प्रति दिन मधेशीको लागि वरदानभन्दा पनि अभिषाप बन्दै गएको देखिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780