अधिकार प्राप्ति र पहिचानको लडाइ रोकिएको छैन: अध्यक्ष यादव

राजविराज, १० माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष रामबाबुकुमार यादवले अधिकार प्राप्ति र पहिचानको लडाइ जारी रहेको बताएका छन् । सोमबार सप्तरीको राजविराजमा आयोजना गरिएको ‘जसपा जिल्ला समन्वय सप्तरी सपथग्रहण कार्यक्रम’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘स्वाविमान, अधिकार प्राप्ति र पहिचानको लडाइ अझैं जारी छ, हाम्रो सो लडाइमा अहिले विभिन्न पार्टी बाँधक बनेको अवस्था छ’ उनले भने–‘ती बाधाहरु चिर्दै हामीलाई अघि बढ्नु छ ।’

उनले मधेशका जनताको अधिकार प्राप्तिदेखि राष्ट्रियताको सवालमा पार्टी अडिग रहेको बताए । ‘सो लडाइमा हामीलाई सशक्त रुपमा लागेर अघि बढ्नुपर्ने पर्छ’ उनले भने ।

जसपा जिल्ला समन्वय सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले स्वागत मन्तव्य दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस