नेपाल आइपुग्यो १६ लाख ६० हजार मोडर्ना खोपको मात्रा

काठमाडौं, ११ मााघ । विश्व बैंकको सहयोगमा नेपाललाई प्राप्त हुने कोरोना भाइरस विरुद्धको मोडर्ना खोप आइपुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस