ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट–नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै

जनकपुरधाम, ११ माघ । नेपाल सन् २०२१ मा पनि भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचाकांकमा ३३ अंकसहित ११७ औं स्थानमा देखिएको छ ।

ट्रान्परेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको सूचकांकअनुसार नेपाललाई १०० मा ३३ अंक दिइएको छ ।

यसअघि सन् २०२० को प्रतिवेदनमा पनि नेपाल ३३ अंकसहित ११७ औं स्थानमा थियो । विगत १ वर्ष (सन् २०२०/२१) मा विश्व बैंङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा सीपीआई २०२१ मा नेपाललाई १०० मा ३३ अंक (११७ औं स्थान) दिइएको छ ।

यसअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको भन्दै अघिल्लो र यस वर्ष नेपालको अंकभार स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिने टीआई नेपालले जनाएको छ ।

यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्डले कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने साउथ सुडान ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780