जलेश्वर अस्पतालका मेसुमाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग

जनकपुरधाम । सरकारी चिकित्सक संघ (गोदान)ले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहलाई कुटपिट गरी गम्भीर घाइते बनाउनेहरूविरुद्ध कडा सजायको माग गरेको छ ।

गोदानले आज विज्ञप्ति जारी गर्दै डा. साहमाथि कुटपिट गर्नेहरूविरुद्ध मानवअधिकार हनन, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोधको मुद्दा चलाउन माग गरेको छ । उनीहरूलाई नियमानुसार गैरजमानी हिरासतमा राखी कारबाही गर्न पनि गोदानले माग गरेको छ ।

डा. साहमाथि भएको यो घटनाले स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको मनोबल घटाउने गोदानको ठहर छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा बुधबार धनुषामा डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले डा. साहको गाडी तोडफोड गरी उनलाई कुटपिट गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस