भारतमा २ लाख ८६ हजार संक्रमित थपिए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जना कोभिड संक्रमित थपिएका छन्। ५७३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज पुष्टि भएको संक्रमण बुधबारभन्दा ४७० ले बढी हो। भारतमा अहिलेसम्म सक्रिय संक्रमित संख्या २२ लाख २ हजार पुगेको छ।

भारतमा कूल संक्रमित संख्या ४ करोड ३ लाख पुगेको छ। बिहीबार त्यहाँको संक्रमण हुने दर १९.५ प्रतिशत पुगेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस