बुवाले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु

विराटनगर, १५ माघ । झापाको कनकाई नगरपालिकामा शनिवार दिउँसो बुवाले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु भएको छ ।

वडा नम्वर ७ दुर्गापुरका बालकृष्ण दुलालले घरमा पार्किङ गरेर राखेको मे१त ७५४९ नम्बरको ट्याक्टर स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी दुलालकै छोरी आरोषी दुलालको किचेर मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी आरोषीलाई तत्काल उपचारको लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस