जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय

जनकपुरधाम । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरू आउँदो जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरू यस्तो निष्कर्षमा पुगेका हुन् ।

उच्चस्तरीय राजनीतिक समितिको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

संविधानसँग बाझिएका कानुनहरू संशोधन गर्नुपर्ने भएको त्यसको तयारी गर्न पनि सरकारलाई सुझाव दिइएको उनले बताए ।

“अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्नेछ,” उनले भने, “जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।”

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780