महाकाली नदीमा पुल निर्माणका लागि नेपाल–भारतबीच सम्झौता

जनकपुरधाम, १८ माघ । महाकाली नदीमा पुल निर्माणका लागि मंगलबार नेपाल–भारत सरकारबीच सम्झौता भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका रचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बनाउने परियोजनामा हस्ताक्षर भएको हो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बताइन् ।

कुल एक सय दश मिटरको बन्न लागेको सो पुल भारतको लगानीमा निर्माण हुनेछ भने कुल ४५ करोड खर्चको अनुमान गरिएको सो पुल तीन वर्षमा निर्माण भइसक्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस