स्थानीय तहको निर्वाचन खर्च १२ अर्ब रुपैयाँ लाग्ने आयोगको अनुमान

जनकपुरधाम । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको छ ।

मंगलबार सरकारलाई बुझाएको ६ बुँदे प्रस्तावमा एकै चरणमा स्थानीय तहको निर्वाचन नभए त्यो भन्दा पनि बढी खर्च लाग्ने बताएको छ ।

२०७४ मा ८ अर्ब भन्दाबढी खर्च भएको भन्दै आयोगले एकै चरणमा निर्वाचन नभएमा निर्वाचन व्यवस्थापनमा हुने अनुमानित खर्चमा थप वृद्धि भएको भन्दै त्यसै अनुसार बजेट व्यवस्थापन गरिरिदन प्रस्ताव गरेको हो ।

आयोगले खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता जस्ता कुरामा हुने बताएको छ ।

२०७४ पछि उक्त ती शीर्षकहरुमा करिब ३० प्रतिशतले वृद्धि भएकाले अनिवार्य खर्च बढेको उल्लेख गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस