कांग्रेस सप्तरी सभापतिमा यादव र साहको प्यानलसहित उम्मेदवारी

राजविराज, १८ फागुन । नेपाली कांग्रेस सप्तरी जिल्ला सभापति पदका लागि दुई जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला कार्य समितिको निर्वाचन तालिकाअनुसार बुधवार संस्थापन प्यानलबाट सत्रुधनप्रसाद यादव र संस्थापक इतर प्यानलबाट रामदेव साहले उम्मेदवारी दर्ता गराएका हुन् । वर्तमान कार्य समितिका सचिव समेत रहेका यादवलाई वर्तमान सभापति एवम् केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन छ भने साहलाई सप्तरी क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सांसद तेजुलाल चौधरीको समर्थन रहेको छ ।

यादव प्यानलबाट उपसभापतिहरुमा रामप्रसाद मण्डल र फत्ते महम्मद, सचिवहरुमा प्रभुनारायण चौधरी र सनतकुमार मण्डल छन् । त्यस्तै, सहसचिवहरुमा घनश्याम साह ‘घन्सी’ र मनोज खड्गाले यादव प्यानलबाट उम्मेदवारी दिएका छन् ।

साह प्यानलबाट उपसभापतिहरुमा रामकुमार यादव र ध्रुब नारायण चौधरी, सचिवहरुमा नन्दकिशोर यादव र दुर्गानन्द यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै, सहचिवहरुमा मो.मुस्लिम र रामसुन्दर मण्डलको साह प्यानलबाट उम्मेदवारी परेको छ ।

आगामी शुक्रवार (फागुन २० गते) विहान ८ बजेदेखि मतदानको कार्यक्रम रहेको निर्वाचन अधिकृत डा. रुद्र शर्माले जानकारी दिए । उनकाअनुसार जिल्लामा कुल २ हजार ५३५ मतदाता छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780