जसपाको विधान अधिवेशन गर्ने निर्णय, संघीय परिषद् र केन्द्रीय समितिको बैठक आह्वान

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीकमा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बुधवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०७९ सालको असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरिएको हो ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको गत सोमवार बसेको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरिएको विज्ञप्तिमा छ ।

त्यस्तै, सोही बैठकबाट फागुन २८ गते संघीय परिषद् तथा २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरिएको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस