मधेश प्रदेशमा कर्मचारी पाउन अत्यन्तै गाह्रो : अध्यक्ष यादव

जनकपुरधाम, १९ फागुन । कर्मचारी अभावका कारण मधेश प्रदेश सरकारले गठन गरेको आयोगहरुमा कामकाज प्रभावित हुँदै आएको छ ।

सरकारले जनलोकपाल आयोग, प्रदेश लोकसेवा आयोग, आम सञ्चार प्राधिकरण, मिडिया काउन्सिल, चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड र दलित विकास समिति गठन गरेको छ। तर, तीमध्ये कुनै पनि आयोगमा दरबन्दीअनुसारको कर्मचारी छैन् ।

कर्मचारी नहुँदा आयोगहरुले अपेक्षाअनुकुल काम गर्न सकेको छैन् भने सरकारले नियुक्त गरेका पदाधिकारीहरु पनि आजित भएका छन् ।

यसैबीच, आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा कर्मचारी पाउन अत्यन्तै गाह्रो भइरहेको समस्या पोखेका छन् । उनले विहिवार सामाजिक सञ्जालमार्फत आफ्नो समस्या पोखेका हुन् ।

उनले लेखेका छन्, ‘मधेश प्रदेशमा बरू देउता पाउन सहज छ तर कर्मचारी पाउन अत्यन्तै गाह्रो ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780