जनयुद्धका सहिद परिवारलाई आर्थिक सहयोग

राजविराज, १९ फागुन । मधेश प्रदेश सरकारले जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ ।

विहिवार सप्तरीको राजविराजमा आयोजना गरिएका एक कार्यक्रमबीच आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानले संयुक्त रुपमा जनयुद्धका १२ सहिद परिवारलाई एक–एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

सो कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनयुद्धका सहिद परिवारलाई तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको निर्णयअनुसार पहिलो चरणमा एक–एक लाख प्रदान गरिएको बताए ।

दोश्रो चरणमा बाँकी रकम प्रदान गरिने उनले जानकारी दिए । जनयुद्धको क्रममा यस प्रदेशमा ५ सय ४२ जनाले ज्यान गुमाएका थिए । ती परिवारलाई पनि क्रमिक रुपमा आर्थिक सहयोग प्रदान गरिने प्रतिष्ठानकी सदस्य कविता ठाकुरले जानकारी दिइन् ।

मधेश सरकारले यसअघि मधेश आन्दोलनका सहिद परिवार र घाइतेहरुलाई आर्थिक सहयोग थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सप्तरी इन्चार्ज एवम् संविधानसभा सदस्य अशोककुमार मण्डल ‘अमर’, प्रदेश सभा सदस्य जगत यादव, प्रमिला यादव, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायतले बोलेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780