सप्तरीमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी (भिडिओ)

राजविराज, २० फागुन । जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका जनमत पार्टी सप्तरीका कार्यकर्ता र प्रहरीबीच आज (शुक्रवारं) घम्साघम्सी भएको छ ।

घम्साघम्सीकै क्रममा प्रहरीले लाठी चार्ज गरेको छ भने लाठी चार्जबाट आधा दर्जन कार्यकता समान्य घाइते भएका छन् । स्थानीय तहको निर्वाचनअघि किसानहरुले उठाएका मागहरु सम्बोधन हुनुपर्ने र साना राजनीतिक दलहरुलाई चुनाव चिन्ह प्रदान गर्नुपर्ने माग गर्दै उनीहरुले नारा जुलुस गर्दै निर्वाचन कार्यालय पुगेका थिए ।

सोही क्रममा प्रहरीले लाठी चार्ज गरेपछि संजय यादज, राजेश यादव, साधन दास, कल्पना यादव र प्रभु यादव घाइते भएको जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीले बताए ।

अहिले उनीहरुले निर्वाचन कार्यालयको पूर्वतर्फ सडकमै धर्ना बसेका छन् भने निर्वाचनको कार्यक्रमअनुसार मतदाता नामावलीमा दावी–विरोधका कार्यक्रम प्रभावित नहुन दिनका लागि सो स्थानमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस