स्थानीय तह निर्वाचनः मतदाता नामावलीमा दाबी–विरोध आजबाट

जनकपुरधाम । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आज (शुक्रवार) देखि दाबी विरोध आह्वान गरेको छ । ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको हो ।

आजदेखि फागुन २६ गतेसम्म मतदाता नामावलीमा भएका त्रुटिहरुलाई सच्याउनका लागि मतदाता नामावली ऐन २०७३ को दफा १३, १४, १५, १६ र १८ बमोजिम मतदाताहरुले निवेदन दर्ता गराउन सकिनेछन् । दाबी विरोधको लागि ७ दिनको समय निर्वाचन आयोगले दिएपनि विभिन्न शीर्षकमा फरक फरक समय तोकिएको छ ।

मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि मतदाताहरुले फागुन २०, २१ र २२ गते तीन दिन मात्रै निवेदन दिन पाउने व्यवस्था रहेको छ भने नागरिकता त्याग गरेकाहरुले आफ्नो मतदाता नामवालीबाट नाम हटाउनका लागि फागुन २०, २१, २२ र २३ गरी ४ दिनसम्म निवेदन दर्ता गराउन सकिनेछन् ।

त्यस्तै, कसैले झुठो विवरण पेश गरी मतदाता परिचयपत्र प्राप्त गरेको छ भने त्यसको लागि प्रमाणसहित मात्रै निवेदन दर्ता गराउनुपर्ने छ । आयोगले तोकेका अधिकारीहरूले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्ने छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस