एसईई : ११ हजार ३७५ विद्यालयमा २ हजार २७ परीक्षा केन्द्र

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले उक्त संख्यामा केन्द्र तय गरेको हो । ११ हजार ३ सय ७५ विद्यालयमा परीक्षा हुनेछ । सबैभन्दा बढी काठमाडौंमा १ हजार ३ सय विद्यालयमा १ सय २४ केन्द्र कायम गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार सम्पन्न बैठकमा सो जानकारी गराइएको थियो । बैठकमा यो वर्षको परीक्षामा ४ लाख ९४ हजार ६ सय ८१ जना विद्यार्थी सहभागि हुँदै छन् । बोर्डले सबै विवरण हालसम्म गोप्य राखेको छ । परीक्षामा सबैभन्दा बढी काठमाडौंमा ३६ हजार विद्यार्थी सहभागी हुनेछन् । ललितपुरमा ३ सय ३४ विद्यालयमा ३४ केन्द्र कायम गरिएको छ ।

ललितपुरमा १० हजार २ सय ७२ परीक्षार्थी रहनेछन् । भक्तपुरमा १ सय ९५ विद्यालयमा २३ केन्द्र कायम गरिएको छ । भक्तपुरमा ५ हजार ९ सय २७ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा कम मुस्ताङ र मनाङमा एक–एक परीक्षा केन्द्र कायम गरिएको छ । मनाङमा २९ र मुस्ताङमा १ सय ८३ परीक्षार्थीले सहभागिता जनाउँदै छन् ।

कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको कञ्चनपुर, प्रदेश–१ को मोरङ, मधेस प्रदेशको धनुषा, वागमतीको काठमाडौं, गण्डकीको कास्की र लुम्बिनीको दाङमा सबैभन्दा बढी केन्द्र र परीक्षार्थीले सहभागिता जनाउने भएका छन् । बोर्डले यो वर्षको परीक्षाको प्रश्नपत्र अनलाइनबाट प्रश्नपत्र नपठाउने भएको छ । कक्षा १२ को परीक्षामा अनलाइन प्रश्नपत्र तयार गर्ने भए पनि एसईई परीक्षामा छापेरै प्रश्नपत्र पुर्याउने तयारी गरेको छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस