चार किलो गाँजासहित तीन जना पक्राउ

मोरङ । मोरङको बेलबारीबाट लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको आखिसल्ला– १ घर भई हाल सुनसरीको धरान १६ बस्ने ३३ बर्षीय केशरमान राई र धनकुटाको महाभारत ५ घर भई हाल सुनसरीको धरान ११ बस्ने २८ बर्षीय मनोज राई र बेलबारी–९ का ३० बर्षीय अविनास खवास छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले विहिवार बेलबारी नगरपालिका–४ स्थित पुर्वतर्फ जाँदै गरेको को २ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई लादै गरेको ४ किलो गाँजा फेला पारेका थिए ।

अटो चालक केशरमान र अटोमा सवार मनोजलाई लिएको थियो । यस्तै, बेलबारी–९ का ३० बर्षीय अविनास खवासलाई पनि २ सय ग्राम गाँजासहित घरबाटै पक्राउ गरेको हो ।

गाँजासहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस