आइपीएफले प्रदेश र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर बनाउँछ : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध सुमधुर बनाउन साझेदारी विकास कोष सहायक सिद्ध हुने विश्वास व्यक्त गरेका छन् । शुक्रवार स्थानीय तहहरुका लागि नवप्रवर्तन साझेदारी कोष (आइपीएफ) कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले स्थानीय तहलाई आर्थिक विकास, सुशासन, सेवा प्रवाहमा प्रभावकारिता लगायतको विशेष क्षेत्रका लागि आइपीएफ सहायक सिद्ध हुने बताए । नवप्रवर्तन साझेदारी कोषको कार्यान्वयन सिस्टममा रहेको अन्यौलता अन्त्य गर्दै संघीयताको औचित्य पुष्टि गर्ने आधार समेत रहेको मुख्यमन्त्री राउतको कथन छ ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका निर्देशक एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शिवनाथ पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख सचिव कृष्णवहादुर राउत, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारी सहित लागयतले आ–आफनो धारणा व्यक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस