राजविराज भन्सार : अबदेखि भारतबाट चिनी र तेल ल्याउन नपाइने

राजविराज । सप्तरीको राजविराज भन्सार कार्यालयले भारतबाट तेल र चिनी आयात गर्न रोक लगाएको छ । कार्यालयले सूचना जारी गर्दै हिजो (शुक्रवार)देखि तेल र चिनी आयातमा रोक लगाएको हो ।

त्यस्तै, एक सय रुपैयाँभन्दा बढीको मालवस्तु आयातमा पनि भन्सार महशुल अनिवार्य गरेको छ । कार्यालयले भन्सार ऐन र नियमावली २०६४ र आर्थिक ऐन २०७८ अनुसार एक सय रुपैयाँभन्दा बढी मूल्यको मालवस्तु खरिद गरेर ल्याउँदा भन्सार महशुल अनिर्वाय गरेको हो ।

त्यस्तै, खाद्यान्न सामग्री, लत्ताकपडा, भाँडाकुँडाको हकमा पनि भन्सार महशुल अनिवार्य तिर्न भनेको छ भने भन्सार महशुल नतिरी सामान आयात गर्दा सामान जफत हुनुकासाथै नियमानुसार कानूनी कारवाही समेत हुने कार्यालयमा सूचनामा उल्लेख छ ।

यस्तो छ कारण

राजविराज भन्सार प्रमुख दिपेन्द्रकुमार झाले कानूनअनुसार नै तेल र चिनी आयातमा रोक लगाइएको बताए ।

‘चिनीको हकमा राज्यले निश्चित भन्सारबाट कोटाअनुसार आयात गर्दै आएको छ, सोहीअनुसार नै यहाँबाट चिनी आयात गर्न नपाउने हो’ उनले मधेशलाइभसँग भने–‘तेलको हकको आयात गर्दा गुणस्तरको प्रमाणपत्र लिनुपर्ने हुन्छ । त्यो प्रविधि यहाँ छैन्, भोली तेल खाएर कसैलाई समस्या भयो भने त्यो पनि समस्याकै विषय भएको त्यस्तो गर्नुपरेको छ ।’

उनका अनुसार उद्योग वाणिज्यले यहाँका व्यापार व्यवसायमा समस्या भएको भन्दै आफुसमक्ष राखेपछि सुरक्षा निकाय समेतको समन्वयनमा ती कार्यहरु कार्यान्वयतर्फ अगाडी बढाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस