कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि मतदान जारी

कमलकुमार मण्डल

राजविराज, २१ फागुन । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान जारी छ । सहमतिमा हिजो हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको थियो । सोहीअनुसार गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ९ बजेदेखि मतदान जारी रहेको छ ।

दिउँसो ३ बजेसम्म ३० प्रतिशत मतदान भएको निर्वाचन समितिले जानकारी दिए । उनका अनुसार कुल २ हजार ५३५ मतदाता छन् । मतदानको नतिजा सोमवारसम्म सार्वजनिक हुने बताइएको छ ।

कांग्रेस सप्तरीको सभापति पदका लागि संस्थापन र इतर संस्थापन गरी जनाले दुई प्यानलसहित उम्मेदवारी दिएका छन् । संस्थापन प्यानलबाट सत्रुधनप्रसाद यादव र इतर प्यानलबाट रामदेव साहले उम्मेदवारी दिएका हुन् ।

यादव प्यानलबाट उपसभापतिहरुमा रामप्रसाद मण्डल र फत्ते महम्मद, सचिवहरुमा प्रभुनारायण चौधरी र सनतकुमार मण्डल, सहसचिवहरुमा घनश्याम साह ‘घन्सी’ र मनोज खड्गाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, साह प्यानलबाट उपसभापतिहरुमा रामकुमार यादव र ध्रुब नारायण चौधरी, सचिवहरुमा नन्दकिशोर यादव र दुर्गानन्द यादव, सहचिवहरुमा मो.मुस्लिम र रामसुन्दर मण्डलले उम्मेदवारी दिएका हुन् । तस्बिर:कमलकुमार मण्डल/मधेशलाइभ

*सच्याइएको

Author:



क्याटोगरी छान्‍नुहोस