नेअएको निष्कर्ष–कञ्चनरुपमा लेखापरीक्षक नियुक्तीमा व्यापक अनियमितता

राजविराज । नेपाल अडिटर्स एशोसिएसनले सप्तरीको कञ्चनरुप नगरपालिकाको लेखापरीक्षक नियुक्तीमा व्यापक अनियमितता भएको निष्कर्ष निकालेको छ। एशोसिएसन जिल्ला कार्य समिति सप्तरीले विज्ञप्ति जारी गर्दै सो बारे उल्लेख गरेको छ ।

‘नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयहरुको आव ०७५।०७६ देखि ०७७।०७८सम्मको लेखापरीक्षणार्थ लेखापरीक्षकको नियुक्ती गर्न मिति २०७८।६।१२ मा सूचना प्रकाशित गरी दर्तावाला इच्छुक लेखापरीक्षकहरुबाट निवेदन लिई कामको बाँडफाँड गर्ने सन्दर्भमा जम्मा ३३ जनाको निवेदन लिई १५ जनालाई मात्र आर्थिक चलखेल गरी मनपरी तरिकाले कसैलाई ४ र कसैलर्य थोरै र कसैलाई एउटा पनि विद्यालय नदिई त्यसमा पनि सप्तरी जिल्ला एवम् स्थानीय लेखापरीक्षक १३ जनाको निवेदनमध्ये ३ जनालाई मा नियुक्ती गरी व्यापक अनियमितता गरेको’ विज्ञप्तिमा भनिएको छ, ‘नियुक्तीको विधि प्रक्रिया र निर्णयबारे सूचना माग गर्दा सोको कुनै जानकारी नदिएको ।’

नियुक्तीबारे छानवीन गरी कडाभन्दा कडा कार्वाही गर्न अध्यक्ष विश्वनाथ देवद्वारा जारी गरिएको विज्ञप्तिमा माग समेत गरिएको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस