कांग्रेस सप्तरीको निर्वाचन : मतपत्र नै च्याताच्यात

राजविराज, २१ फागुन । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान प्रक्रिया रोकिएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो ।

साँझ ५ बजे विवाद भएपछि मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए । नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र नै च्याताच्यात भएपछि मतदान रोकिएको हो ।

कुल २ हजार ५३५ मतदाता रहेकोमा साँझ ५ बजेसम्म ७ सय जनाले मात्र मतदान गरेको बताइएको छ । मतदान प्रक्रिया अघि बढाउने सहमतिको प्रयास भइरहेको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस