प्रधानन्यायाधिस राणा विरुद्ध महाअभियोग सिफारिस समिति गठन

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अध्ययन गर्न समिति गठन गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादीका सांसदलाई समेटेर ११ सदस्यीय महाअभियोग प्रस्ताव अध्ययन समिति गठन गरेको हो ।

समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्ण भक्त पोखरेल, कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यसोदा सुवेदी, रेखा शर्मा, एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस