राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय

राजविराज, २४ फागुन । मधेश प्रदेश सरकारले सप्तरीको राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

आज विहान बसेको मन्त्रीपरिषद्को बैठकले राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।

सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयको सेवालाई विस्तार गर्दै राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने कार्य बढाइएको मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

‘कार्यालय स्थापना गर्ने सन्दर्भमा पूर्व स्वीकृतिसहितका सबै कार्य पूरा भइसकेको छ’ उनले मधेशलाइभसँग भने–‘अब कार्यालय स्थापना गर्ने कार्य कार्यान्वयनतर्फ अघि बढेको छ ।’

भवनसहितका आवश्यक पूर्वाधार व्यवस्थापन भएसँगै कर्मचारी पठाइने तयारी रहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780