थप ११२ जनामा कोरोना पुष्टि, ४२९ जना संक्रमणमुक्त

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

योसँगै देशभर कुल संक्रमितको संख्या ११ लाख १७ हजार ६६४ पुगेको छ । सोही अवधिमा ४२९ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६० हजार ४९७ पुगेको छ । हाल नेपालमा ५ हजार ३४० जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस