म्यादी प्रहरीमा भर्ना खुलाइएको छैन : नेपाल प्रहरी

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना नखुलाइएको स्पष्ट गरेको छ । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले विहिवार विज्ञप्तिमार्फत भर्नासम्बन्धी हालसम्म कुनै सूचना प्रकाशित नगरिएको स्पष्ट गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित–प्रसारित नगरिएको ब्यहोरा जानकारी गराउँदछौँ । आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चार माध्यममा भविष्यमा प्रकाशित हुने ब्यहोरा समेत जानकारी गराउँदछौँ।’

बुधवार म्यादी प्रहरीमा भर्ना खुला गरिएको भन्दै ‘फेक’ सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780