कांग्रेस सप्तरीको मतगणनाः साहको अग्रता कायमै (अपडेट)

राजविराज । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको मतदानको मतगणना जारी रहेको छ ।

आज विहानबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणअनुसार करिब ८० प्रतिशत मतगणना भइसकेको छ ।

जसअनुसार संस्थापन इतर प्यानलबाट सभापति पदका उम्मेदवार रामदेव साहले ८८३ मत प्राप्त गरेका छन् भने संस्थापन प्यानलका उम्मेदवार सत्रुधनप्रसाद यादवले ८४५ मत ल्याएका हुन् । निर्वाचन समितिका अनुसार क्षेत्र नं. १, २ र ३ को मतगणना सकिएको छ ।

कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन् । जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस