सुनसरीबाट लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । सुनसरीमा विभिन्न स्थानबाट अवैध लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका- ८ को २१ बर्षीय अर्जुन कार्की, युगल श्रेष्ठ र सुनसरी धरान १५ बस्ने १९ बर्षीय अमन गुरुङ रहेका छन् ।

प्रहरीले कार्की र श्रेष्ठलाई प्रदेश १-०२ ००३ ह ३६३७ नम्बरको अटो चेक जाँच गर्ने क्रममा उक्त अटोमा लुकाई छिपाई ल्याइएको ट्रामाडोल १७ सय ८० क्याप्सुल र स्पास्मोप्रोक्सिभोन १६ क्याप्सुल सहित पक्राउ गरेका छन् । यसै गरी प्रहरी टोलीले गुरुङलाई ३४ सय ट्याव्लेट ट्रामाडोल र ३४ सय ट्याव्लेट स्पास्पेनसहित नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाइएको छ । प्रहरीका अनुसार पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस