कांग्रेस सप्तरीको सभापतिमा साह निर्वाचित

राजविराज, २६ फागुन । नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह ११६ मतान्तरले निर्वाचित भएका छन् ।

विहिवार साँझ सम्पन्न भएको मतगणनाको परिणामअनुसार साहले १ हजार १८६ मत प्राप्त गरेर सभापति पदमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी शत्रुधनप्रसाद यादवले १ हजार ७७ मत ल्याए । निर्वाचित साह संस्थापन इतर प्यानलका हुन् भने प्रतिद्वन्दी यादव संस्थापन प्यानलका हुन् । कांग्रेस सप्तरीको गत मंगलबार मतदान भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस