प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार घटना : पत्रकार महासंघद्वारा भत्र्सना

राजविराज, २६ फागुन । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनास्थलमा रिपोर्टिङ गर्न पुगेका पत्रकारसँग प्रहरीले गरेको दुर्व्यवहार घटनाको भत्र्सना गरेको छ।

विहिवार शाखा सप्तरीका सचिव रामनारायण विश्वास (आरएन)ले विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘मतगणना सम्बन्धी रिपोर्टिङ गर्न गएका पत्रकारसँग प्रहरीले गरेको दुव्र्यबहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मतगणना भइरहेको जिल्ला समन्वय समिति प्राङणमा पुगेका पत्रकारलाई प्रहरीले यहाँबाट निस्किहाल भन्दै अपशब्द प्रयोग गरेर निकालेको घट्नाको हामी भत्र्सना गर्दछौं ।’

मतगणनाको परिणाम पर्खिन जिल्ला समन्वय समिति सप्तरीको प्राङणमा बसिरहेका पत्रकारलाई अपशब्ध प्रयोग गर्दै निकालेकोले प्रहरीको रुखो व्यवहार उदांगिएको विज्ञिप्तमा उल्लेख छ । ‘समन्वय समितिको हलभित्र मतगणना भइरहँदा परिणाम पर्खिन प्राङणमा बसिरहेका पत्रकारलाई उठाएर प्रहरीले प्राङणभित्रको गोलघरमा बस्न भनेको र त्यसको केहि बेरमै त्यहाँबाट अपशब्द प्रयोग गर्दै त्यहाँबाट पनि निकालेका छन् । यो घट्नाले प्रहरीको रुखो व्यबहार झन उदांगिएको छ । यसले ‘प्रहरी मेरो साथी’ नारा पक्कै पनि सार्थक बन्न सक्दैन् ।’

प्रहरीले व्यवहारमा परिवर्तन नगरे महासंघ चुप लागेर नबस्ने विज्ञप्तिमा चेतावनी समेत दिइएको छ । ‘आगामी दिनमा प्रहरीले आफ्नो व्यबहारलाई परिवर्तन नगरे नेपाल पत्रकार महासंघ चुप लागेर नबस्ने जानकारी गराउँदछौं ।’, विज्ञप्तिमा भनिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस